You are currently viewing मुग्लिङ हाईवे हस्पिटललाई एन्टिजेनकिट सहित स्वास्थ्य समाग्री सहयोग ।

मुग्लिङ हाईवे हस्पिटललाई एन्टिजेनकिट सहित स्वास्थ्य समाग्री सहयोग ।

जेष्ठ २४, मुग्लिङ । “स्वार्थ भन्दा माथी सेवा” भन्ने मूल नाराका साथ रोटरी क्लब अफ चितवनले मुनाफरहित सामुदायिक हस्पिटलको रुपमा संचालित मुग्लिङ हाईवे हस्पिटललाई १० थान वेड सहित विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । इच्छाकामना गाउँपालिकाको उपाध्यक्ष कृति कुमार श्रेष्ठ र वडा नं. ५ का वडाध्यक्ष मोदराज सिलवालको विषेश आतित्थ्यतामा एक समारोह बीच रोटरी क्लब अफ चितवनका अध्यक्ष रोशन पिया र पूर्ब अध्यक्ष उत्तमलाल चुकेले करिब २ लाख ५१ हजार ५ सय रकम बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

क्लबले १० थान मेडिकल बेड, ४० थान एन्टिजेन किट, २ थान थर्मल गन, ५० थान थर्ममीटर, २ रोल एक्सरे फिल्म, ग्लोब ५ बक्स, USG प्रिंटर पेपर ५ रोल, ५० हजार बराबरको अक्सिजन रिफल सुविधा सहित विभिन्न औषधी हस्पिटललाई प्रदान गरेको रोटरी क्बल अफ चितवका अध्यक्ष रोटरियन रोसन पियाले बताउनुभयो ।

उहाँले आफ्नो बिद्यार्थीकालमा नै मुग्लिङसँग भाबनात्मक सम्बन्ध रहनुका साथै भौगोलीक बिकटता र धेरै सवारी दुर्घटना हुने क्षेत्र भएकोले आकस्मिक स्वास्थ्य सेवाको अपरिहार्यताको कारण पनि यस हस्पिटललाई सहयोग गर्न आफूहरु बढी प्रेरित रहेको बताउनुभयो ।

त्यस्तै उहाँले कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचार कार्यमा सहयोग पु¥याउन पाएकोमा हर्ष र गर्वको अनुभूति भएको अध्यक्ष पियाले बताउनु भयो ।
त्यस्तै इच्छाकामना गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष मोदराज सिलवालले रोटरी क्लब अफ चितवनबाट प्राप्त यस सामग्रीबाट हस्पिटलले संचालनमा ल्याएको कोभिड लक्षित निशुल्क उपचार सेवा र आइसोलेसन सेन्टरको लागि महत्वपूर्ण योगदान पुग्ने बताउदै गैर मुनाफाकारी सामुदायिक हस्पिटलको रुपमा संचालित यस हस्पिटलको अभियानबाट यहाका बिपन्न गरीब, दिनदुखी बर्गको हितको लागि ठूलो मदत पुग्ने बताउनुभयो ।

चितवनको एकमात्र गाउँपालिका एवं चेपाङ समुदायको बाहुल्यता रहेको यस ईच्छाकामना गाउँपालिकामा रोटरी क्लब अफ चितवनले यस हस्पिटललाई सहयोग पु¥याउन पाउदा हामी रोटरियनहरु गौरबान्वित भएको धाराणा राख्दै महामारीको यस बिषम परिस्थितिमा पुण्यकारी मानब कल्याणको कार्यमा सहकार्य गर्न पाउदा थप सेवा गर्ने उत्साह बढेको बिशिष्ट अतिथिको एवं रोटरि क्लब अफ चितवनका पूर्ब अध्यक्ष उत्तमलाल चुकेले सम्बोधनको क्रममा ब्यक्त गर्नुभयो ।

रोटरी डिस्ट्रिक्ट ३२९२ का पूर्व डिस्ट्रिक्ट गर्भनर रो. जयराज्य लक्ष्मी शाहज्यूले ‘जीवनको आशा’ नारालाई आत्मासात गर्दै नेपाल रहेको सातैवटा रिजनमा सहयोग गर्ने लक्ष्य अनुरूप छैटौ रिजन अन्तरगत यस हस्पिटललाई १० थान मेडिकल बेड र ५० हजार बराबरको निशुल्क अक्सिन रिफिलिङ उपलब्ध गराएको जानकारी दिनुभयो ।

त्यस्तै कोभिड विरामीहरुको लागि आवश्यक पर्ने औषधि टाइम फर्मा सिटिजन प्रा.लि.ले निशुल्कबाट प्रदान भएको जानकारी गराएका थिए ।
मुग्लिन हाइवे हस्पिटलका अध्यक्ष रामबहादुर लामाले विभिन्न उपकरण सहति स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा रोटरी क्लब अफ चितवनलाई धन्यवाद दिदै यस हस्पिटलले मुनाफा रहित स्वास्थ्य सेवा प्रदान गर्दै आएको र कोभिड बिरामी लक्षित आईसोलेसन सेन्टर र उपचार सेवा बिभिन्न दाता तथा संघ संस्थाहरुको सहयोगबाट संचालन भईरहेको कुरा जानकारी गराएका थिए ।

हस्तान्तरण समारोहमा क्लबका सह–सचिव गोपाल भट्टराई, निर्वाचित अध्यक्ष रोटरियन ज्ञानेन्द्रमान शाक्य, रोटरियन ज्ञानेन्द्र श्रेष्ठ, रोटरयाक क्लब अफ चितवनका अध्यक्ष रोशन खरेल, ब्यबस्थापक एवं रोट्रयाक्ट अफ चितवनका सदस्य सायल पाण्डे सहित हस्पिटलका संचालकहरुको उपस्थिति रहेको थियो ।