You are currently viewing Career Counselling Program

Career Counselling Program

Date :- 21st September, 2022 / 5th Ashwin, 2079 , Wednesday

Venue :- Chitwan Chamber of Commerce

मिति २०७९ असोज ५ गते, चितवन रोटरी क्लबले चितवन उद्योग वणिज्य संघसंगको सहकार्यमा Basic Education and Literacy Month एवम् World Peace Day को अवसर पारेर बालकुमारी माध्यमिक विद्यालय र बालकुमारी कन्या मा. वि. का कक्षा ११ र १२ का १२५ जना विद्यार्थीहरुलाई Career Counseling Program संघको सभा हलमा सम्पन्न भयो । चितवन रोटरी क्लबका अध्यक्ष रो. दीपक प्रधानज्यूको सभापतित्वमा संचालन भएको सो कार्यक्रममा स्रोत व्यक्तिको रुपमा श्री कृष्ण प्रणामी यूथ काउन्सिलका अध्यक्ष तथा क्वेष्ट मोडेल कलेज, चितवनका क्याम्पस चिफ Master Training of Trainers श्री जगदीश चन्द्र शर्मा मुडभरीज्यू रहनुभएको थियो ।
वृत्ति विकासका विभिन्न नमूना पेश गरिएको सो कार्यक्रमको प्रमुख अतिथी रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२ का पूर्व डिष्ट्रिक्ट गभर्नर तथा चितवन रोटरी क्लबका पूर्व अध्यक्ष रो. रविन्द्रकुमार पिया हुनुहन्थ्यो भने विशिष्ट अतिथीको रुपमा रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२, रिजन ६ का Joint District Secretary रो. निरञ्जन प्रधानज्यू रहनुभएको थियो ।
त्यस्तै, चितवन रोटरी क्लबका पूर्व अध्यक्ष तथा रिजन ६ का District Training Committee सदस्य रो. कपिलबाबु खनाल र विशिष्ट अतिथी निरञ्जन प्रधानले मन्तव्यको क्रममा कार्यक्रमले विद्यार्थीहरुमा सकारात्मक उर्जा मिल्ने र स्रोत व्यक्तिले देखाउनुभएको मार्गमा लागेमा जीवनमा सफलता मिल्ने राय व्यक्त गर्नुभएको सो कार्यक्रममा बोल्नुहुँदै चितवन उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जिवी सुवेदीज्यूले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम संयोजक रो. पुरुषेत्तम रिजालज्यूले स्वागत तथा स्रोत व्यक्तिको परिचय दिनुभएको कार्यक्रम चितवन रोटरी क्लबका सचिब रो. राजन पियाज्यूले संचालन गर्नुभएको थियो । साथै, विद्याथीहरुबाट लिईएको राय अत्यन्तै सकारात्मक रहेको थियो ।
अन्त्यमा, क्लबका अध्यक्ष रो. दिपक प्रधानज्यूले कार्यक्रमका स्रोत व्यक्ति, सहयोगी संस्था, कार्यक्रमका संयोजक, विद्यालयका सहभागी विद्यार्थी एवम् शिक्षक शिक्षिकाज्यूहरु लगायत उपस्थित सम्पूर्णलाई सहभागिता र सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुहुँदै रोटरीले देखाएको चार कसिय सूत्रलाई अंगिकार गर्न सकिएको खण्डमा जीवन सार्थक हुने र जीवनका अगाडीका दिनहरु सुखमय हुने भन्दै कार्यक्रम समापन गर्नुभएको थियो ।