Message from President

आदरणीय पूर्व अध्यक्षज्यूहरु एवम् रोटरियन मित्रहरु,
एउटा अभूतपूर्व क्षण, जिम्मेवारीपूर्ण अभिभारा र समझदारीपूर्ण उत्तरदायित्वको अनुभूति मानवीय जीवनमा अत्यन्तै अनौठो
र मिठो आभासले भरिपूर्ण हुने गर्दछ । स्वार्थ भन्दा माथि सेवा भन्ने पवित्र भावनालाई आत्मसात् गर्दै अग्रज रोटरियनहरुको
छत्रछायाँमा समाज सेवाको क्षेत्रमा समाहित हुन पाउनु मेरो लागि गौरवको कुरा हो । सन् १९९१ मा अग्रज रोटरियन
के.एल.भूषणज्यूको नेतृत्वमा स्थापना भएको चितवनको पहिलो र नेपालको सातौं क्लबको ३२औं अध्यक्षको रुपमा नेतृत्व सम्हाल्न
पाउनु भनेको पनि मेरो लागि सौभाग्यको कुरा हो । म आफ्नो जिम्मेवारीप्रति सदा उत्तरदायी रहने छु ।


मानवीय जीवन एउटा अटुट चलिरहने यात्रा हो । निरन्तर चलिरहने यात्रामा हामीहरुले समाजमा कति योगदान दियौं र त्यो
योगदानले प्रत्यक्ष रुपमा कति मानिसहरु लाभान्वित भए त्यसको पर्वाह नगरिकन अगाडी बढ्न सकियो भने जीवन सार्थक
हुन्छ भन्ने मेरो बुझाई हो । सायद रोटरीले पनि यस्तै नै किसिमको परिकल्पना गरेर रोटरी ईन्टरनेशनलको स्थापना गरेको
हुनुपर्छ । सन् १९०५ मा स्थापना भएर रोटरीले समाज सेवमा पु¥याईरहेको योगदान अतुलनीय छ । त्यसैले, गौरवपूर्ण यस
क्षणमा रोटरीका संस्थापक पल पी. यारिसलाई स्मरण गर्दै पवित्र संस्थाको सदस्यता ग्रहण गर्दै आजको दिनमा सम्मानित
अध्यक्ष पदको अभिभारा लिन पाउनु मेरो लागि खुशीको कुरा हो ।


चितवन रोटरी क्लबले स्थापना कालदेखि हालसम्म समाजमा पुयाईरहेको योगदानको सायदै मूल्यांकन गर्न सकिन्छ । किनभने,
क्लबले कोरोना भाईरसले आक्रान्त मच्चाईरहेको बेला र विरामीहरुले उपचार नपाईरहेको बेला चितवन मेडिकल कलेजका
संस्थापक तथा यस क्लबका सदस्य Arch Klumph Society Member रो. प्रो. डा. हरिशचन्द्र न्यौपानेसंग सहकार्य गदैर्

३० वटा भेन्टिलेलर जडान गरी समाजलाई ठूलो गुन लगाएको छ भने देवघाटमा रोटरी करुणालय, वृद्धाश्रम स्थापना गरी
वृद्धवृद्धा आमा बुबाहरुको नारकीय जीवनलाई उकास्ने काम गरिरहेको छ र साथै पिठौली, नवलपुरमा २०० घरधुरीलाई खाने
पानी र खेतीपातीको लागि पानीको व्यवस्थापन गरी एउटा उदाहरणीय कार्य गरिरहेको छ । त्यस्तै, शिक्षाको क्षेत्रमा पनि
महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ । त्यसैले, यस्ता समाजसेजीहरुको वीचमा रहेर सेवा गर्न पाउनु भनेको पछिल्लो
जूनीमा गरिएको राम्रो कामको पुरस्कार हो भन्ने म मान्दछु ।
सकारात्मक सोँच र सृजनात्मक विचारको संगम हो चितवन रोटरी क्लब । जीवनको भोगाई र जीवनको संघर्षपूर्ण यात्राको
क्रममा समाजको लागि केहि गरिरहन र अग्रसर भईरहन पाउनु भनेको समयले दिएको अवसर हो । यस्ता अवसरलाई आफूमा
निहित आत्मज्ञानले कसरी पूर्णता दिने भन्ने कुरा निक्र्योल गरि अघि बढन् सक्यौं भने जीवन सार्थक हुन्छ । अतः अग्रज
रोटरियनहरुको मार्ग निर्देशन तथा डिष्ट्रिक्ट गभर्नर रो. जितेन्द्र बहादुर राजभण्डारीज्यूले दिनुभएको Theme Together for a better world र Rotary International President Rtn. Jenifor Jones ले दिनुभएको Theme Imagine Rotary लाई हृदयंगम गरी वर्ष २०२२/२३ लाई सफल वर्षको रुपमा स्थापित गराउनु मेरो परम कर्तव्य हो ।

अन्त्यमा, चितवन रोटरी क्लबको बहुप्रतिक्षित रोटरी डण्डपाणी भट्टराई भवन सम्पन्नताको संघारमा रहिरहेको बेला र निर्माण
सम्पन्न गरी समुद्घाटनको प्रबन्ध मिलाउन जुटिरहनुभएका भवन निर्माणमा संलग्न सम्पूर्ण पूर्व अध्यक्षज्यूहरु क्लबका मेरुडण्ड
हुन् । त्यस्तै स्पाउस्ज्यूहरु, रोटयाक्टर तथा ईन्टयाक्टर भाई बहिनीहरु क्लबको सहात्री हुन् । रोटरी परिवारको अभिन्न
अंगको रुपमा स्थापना गरिएका यस्ता संस्थाहरुको माध्यमबाट थुप्रै परियोजनाहरु साकार भईरहेको छ । यसै सन्दर्भमा ३१औं
पदस्थापन समारोहको अवसरमा प्रकाशन हुने गरेको क्लबको मुखपृष्ठ क्रियशन पनि क्लबको दर्पणको रुपमा रहेको हुँदा सो
प्रकाशनमा अहोरात्र खटिरहुनभएका प्रकाशन समितिका सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दै क्लबका दिवंगत
हुनुभएका पूर्व अध्यक्षज्यूहरु प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै रोटरी वर्ष २०२२/२३ सफल वर्षको रुपमा चित्रण हुने कुरामा विश्वस्त रहेको छु ।
जय रोटरी ।
रो. दीपक प्रधान
अध्यक्ष
रोटरी वर्ष २०२२/२३
रोटरी क्लब अफ चितवन