मिति २०८१ पुस ०४ गते रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का गभर्नर रो. राजेन्दमान शेरचनज्युको प्रमुख आतिथ्यतामा र रोटरी क्लव अफ गोरखाको सक्रियतामा र चितवन रोटरी क्लबको सहभागितामा तोमन डाडा मा.वि.मा द्धात्रावासमा रहेका चेपाङ्ग समुदायका विद्यार्थीहरुको न्यूनतम आवश्यकता पुरा गर्नको लागि त्यस विद्यालयको छात्रावासमा डसना, तन्ना, तकिया र सिरक गरी ६५ सेट सामान सहयोग गरिएको छ । भूईमा सामान्य कालो म्याट ओछ्यर पढेका अवस्थालाई ध्यान दिई चिसो नआउने गरी चक्लाको व्यवस्थ ागर्ने । जसवाट विद्यार्थिहरुलाई अध्ययन गर्न सहज हुनेछ भने राती आराम पाउन सहज ढंगले सक्छन् भन्ने हेतुले कार्यक्रम सम्पन्न गरिएको थियो । सो कार्यक्रममा रोटरी क्लब अफ चितवनको तर्फवाट रु. २५,०००/– सहयोग गरिएको छ ।
